भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बइको एमसीए प्रेसिडेन्ट–११ सँग पहिलो अभ्यास खेल खेल्दै छ।
मुम्बइमा हुने खेल साँझ सवा ६ बजे सुरु हुनेछ। नेपाली टोलीले मुम्बइको टोलीसँग तीन अभ्यास खेल खेल्नेछ।
त्यसपछि नेपाली टोली अफिसियल वार्मअपका लागि चेन्नई पुग्नेछ। चेन्नइमा दुई अभ्यास खेल खेलेर नेपाली टोली विश्वकपका लागि फेरि मुम्बइ पुग्नेछ।
यसअघि नेपाली टोलीले श्रीलंकामा तीन अभ्यास खेल खेलेको थियो। त्यसमा नेपालले २ हार र एक जित हात पारेको थियो।
123
Shares

प्रतिक्रिया