नेदरल्यान्डसको महिला टोली पहिलो पटक आइसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ।
नेपालमा जारी ग्लोबल छनोट अन्तर्गत ‘सुपर सिक्स’मा आयरल्यान्डलाई हराउँदै डच टोली पहिलो पटक विश्वकपमा पुगेको हो। नेदरल्यान्डले अमेरिकालाई डीएलएस मेथडमा २१ रनले हराउँदै विश्वकपमा छनोट भएको छ।
यसअघि बंगलादेश विश्वकपका लागि छनोट भइसकेको छ। आजै भएको ‘सुपर सिक्स’को खेलमा थाइल्यान्डलाई ३९ रनले हराउँदै बंगलादेश शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भएको हो।
बंगलादेश र नेदरल्यान्डले अब ‘सुपर सिक्स’मा २ खेल खेल्न बाँकी छ। विश्वकपको दौडमा अब स्कटल्यान्ड र आयरल्यान्ड रहेका छन्। अमेरिका र थाइल्यान्ड अंकविहीन रुपमा सुपर सिक्समा पुगेका छन्।
नेपालमा जारी ग्लोबल छनोटबाट चार टोलीले विश्वकपमा स्थान बनाउनेछन्। बंगलादेश र नेदरल्यान्ड विश्वकपमा छनोट भएसँगै १० टोलीको टुङगो लागिसकेको छ। महिला विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
महिला विश्वकपमा आयोजक इङल्यान्डसहित सन् २०२४ को महिला टी-२० विश्वकपमा सामेल ५ टोली अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले स्थान बनाइसकेका छन्।
यस्तै आईसीसी महिला टी-२० टिम वरीयताका आधारमा पाकिस्तान र श्रीलंका छनोट भइसकेका छन्।
विश्वकपको समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान, दक्षिण अफ्रिका छन्। समूूह ‘बी’मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका र वेस्ट इन्डिज छन्।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। टी-२० विश्वकपको फाइनल ५ जुलाईमा हुनेछ।
Shares

प्रतिक्रिया