चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले चीनको युनान यू–२० टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालको युवा टोलीले चाइनाको युनान युथ महिला टोलीसँग मैत्रीपुर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।
एन्फा र युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो।
मैत्रीपूर्ण खेलका लागि चिनिया टोली बिहिबार नेपाल आइपुग्नेछ। चिनिया नयाँ वर्षको अवसरमा एन्फाले तीन वर्षदेखि मैत्रीपुर्ण खेल गर्दै आइरहेको छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी याम प्रसाद गुरुङलाई दिएको छ।
मैत्रीपूर्ण खेल शनिबार काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
Shares

प्रतिक्रिया