खेल


नेपाललाई जितका लागि स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

नेपाललाई जितका लागि स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

नेपालखबर
माघ १२, २०८२ सोमबार १०:३३, काठमाडौँ

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्।

ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। 

रुबिना क्षेत्रीले ३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन दिइन्। 

रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक/एक विकेट आफ्नो नाममा गरे। 

मनीषा उपाध्यायले पहिलो ओभरमै २ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छन्।

मनीषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्। 

स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्। 

अब नेपालले जवाफी ब्याटिङ गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad