राजनीति


सोविता गौतमको डिग्रीको हिज्जे सुधार्न जुटे सामाजिक सञ्जाल प्रयोगकर्ता: के हो प्रकरण?

सोविता गौतमको डिग्रीको हिज्जे सुधार्न जुटे सामाजिक सञ्जाल प्रयोगकर्ता:  के हो प्रकरण?

नेपालखबर
माघ १२, २०८२ सोमबार १०:४४, काठमाडौँ

आगामी निर्वाचनका लागि चुनावी मैदानमा होमिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गाैतम अहिले आफ्नो शैक्षिक योग्यताको विवरणका कारण सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनिरहेकी छन्।

उम्मेदवारको रूपमा उनले निर्वाचन आयोगमा पेश गरेको आफ्नो आधिकारिक व्यक्तिगत विवरणको शैक्षिक योग्यतामा 'स्नाकोत्तर' लेखेकी थिइन्। कानुनमा 'स्नातकोत्तर' लेख्नुपर्नेमा एक अक्षर 'त' छुटाएर 'स्नाकोत्तर' भएको थियो।

उनको यो त्रुटीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रचनात्मक सुझाव र आलोचना मिश्रित प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, 'सोविताजी, कानुनजस्तो विषयमा स्नातकोत्तर गर्नुभएको व्यक्तिले कानुनले नचिन्ने काम गर्न पाइन्छ!'

जनबोलीमा 'मास्टर्स' भनेर बुझिने यो पदवीलाई सरकारी वा आधिकारिक नेपाली कागजातमा 'स्नातकोत्तर' लेख्ने गरिन्छ। 

चुनावी रापताप बढिरहेका बेला उम्मेदवारको डकुमेन्टेसनमा भएको सानो असावधानीलाई  'भाइरल' बनाइएको हो। 

यसअघि काठमाडौं २ बाट निर्वाचित उनी यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रुपमा चितवन ३ पुगेकी छिन्। त्यहीँबाट उम्मेदवारी दिने क्रममा आधिकारिक कागजातमा सानो त्रुटि भएको हो।

यस्तो थियो त्रुटि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad