बायर्न एफसीले आयोजना गर्ने लेजेन्ड फुटबल खेलाडीहरुको फुटबल प्रतियोगिता “एफ सि बायर्न लेजेन्ड कप” डिशहोम गोमा प्रत्यक्ष प्रसारण हुँदै छ।
पुरानो शैलीको इनडोर फुटबल प्रतियोगितामा सहभागी एफसी बायर्नका आर्जेन रोबिन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यानजस्ता लेजेन्ड खेलाडीहरुले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबलपे्रमीहरुका लागी पुराना दिनहरु ताजा गराउनेछन्।
छवटा क्लबहरू एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आइट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लबका अरु पूर्वस्टार प्लेयरहरु (लिजेन्ड फुटबलरहरु)को जादु पनि पुन: एकपटक हेर्न पाइनेछ।
नेपालमा भने यो प्रतियोगिता नेपाली समयअनुसार बेलुकी ८ बजेर ५ मिनेटदेखि डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडी २ च्यानलमा हेर्न पाइनेछ।
Shares

प्रतिक्रिया