कारोबार


२ खर्बको ऋणपत्र निष्काशनपछि निक्षेप संकलनलाई नै निरन्तरता

२ खर्बको ऋणपत्र निष्काशनपछि निक्षेप संकलनलाई नै निरन्तरता

नेपालखबर
माघ ४, २०८२ आइतबार १२:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले २ खर्बको ऋणपत्र निष्काशन गरेपछि निक्षेप संकलनलाई पुनः निरन्तरता दिएको छ। 

माघ १४ गतेबाट संकलन रोकेर ऋणपत्र निष्काशन गरेको राष्ट्र बैंकले आइतबारबाट पुनः निक्षेप संकलनलाई निरन्तरता दिएको हो।

आइतबार राष्ट्र बैंकले २० अर्बबराबरको ८४ दिने निक्षेप संकलन जारी गरेको छ। 
चालू आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचनका लागि २ सय अर्ब (२ खर्ब) बराबरको ऋणपत्र निष्कासन गर्ने लक्ष्य लिएको थियो। 

जसअनुरुप १५ दिनमा राष्ट्र बैंकले ८ पटक गरेर उक्त रकम निष्काशन गरेपछि आइतबारबाट छोटो समयावधिको निक्षेप उठाउन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad