खेल


महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

नेपालखबर
माघ ४, २०८२ आइतबार १२:०, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

आइतबार भएको खेलमा घरेलु टोली नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। 

नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सीता रानामगरले २ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १४ रन दिइन्।
 
थाइल्यान्डका लागि नाथाकानले सर्वाधिक ५७ रनको योगदान दिईन्। नन्नापाटले ३२ र अविसराले २८ रन बनाईन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो।

पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन। नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो। ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट हुन पुगिन्। 

अर्की ओपनर विन्दु रावल ४४ रनमा आउट भईन्। ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो।

१० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किइन्। पुजा महतो १२ रन बनाउँदा क्याच आउट भईन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्। कविता कुवँर २ रनमा रनआउट हुन पुगिन्। सीता रानामगर शून्य रनमा नै आउट भइन्। 

रिया शर्मा ४ र सुमन विष्ट शून्य रनमा आउट भए। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्। थाइल्यान्डका लागि चिपात्चा पुथावंगले २ विकेट लिईन्। चनिदा पुथ्थावोङ, सुनिपोन लाओमी र सुनिदा चतुरोग्राटानाले समान एक विकेट लिए।

समुह चरणको दोस्रो खेलमा नेपालले बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शनिबार जिम्बावे र सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad