राजनीति


प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८२ आइतबार १२:५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्। 

श्रेष्ठले आइतबार राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। 

नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ। 

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि  श्रेष्ठले सर्लाही ३ रोजेका हुन्। 

नेकपाको पाँचौँ बरियताका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad