आइतबार काठमाडौँमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता हेर्न कुनै शुल्क नलाग्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उक्त प्रतियोगितामा दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको हो।
कुल १० टोलीको सहभागिता रहने यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डरअनुसार नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो।
ग्लोबल छनोटमा शीर्ष चारमा पर्ने टोलीले महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन्।
छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। जसमा थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्।
यस्तै उक्त छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।
यो पनि : घरेलु मैदानबाट विश्वकपको ढोका ढकढक्याउँदै महिला क्रिकेट टोली
Shares

प्रतिक्रिया