खेल


माघ २८ गते प्रस्तावित एन्फा निर्वाचनमा उपाध्यक्ष र सदस्यद्वयको असहमति

माघ २८ गते प्रस्तावित एन्फा निर्वाचनमा उपाध्यक्ष र सदस्यद्वयको असहमति

नेपालखबर
पुस २३, २०८२ बुधबार १५:१०, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘अर्लि इलेक्सन’प्रति एन्फाकै अधिकारीहरुले असहमति जनाएका छन्। 

आगामी माघ २८ का लागि प्रस्तावित निर्वाचनमा उपाध्यक्ष विराटजंग शाही र सदस्वद्वय रविन्द्र चन्द र रुपेश अधिकारिले विज्ञप्तिमार्फत आधारिक असहमतिपत्र पेस गरेको बताएका हुन्। 

एन्फा कार्यसमितिले पुस १६ गते अर्लि इलेक्सनको निर्णय गरेको थियो।

यसलाई उनीहरुले पूर्णतः विधानविपरीत, अलोकतान्त्रिक तथा स्वेच्छाचारी भनेको छ। उनीहरुले सबै सरोकारवाला पक्ष तथा कार्यसमिति सदस्यहरुबीच छलफल र सहमतिका आधारमा विधिपद्धतिअनुसार नयाँ निर्वाचन मिति तय गर्न पनि अनुरोध गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad