आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र सोलुखुम्बु जिल्लाबाट युवा नेता रविकिरण हमालको नाम सिफारिस भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा जेनजी अभियान्ता हमालको नाम प्रत्यक्षतर्फ सिफारिस भएको हो।
केही समयअघि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट हमाल र भुपेन्द्रबहादुर देवकोटाको नाम सिफारिस भएको थियो।
यस्तै, सोलुखुम्बु जिल्लाबाट राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन र हमालसहित ५ जना नेताको नाम सिफारिस गरिएको राप्रपा जिल्ला कार्यसमिति सोलुखुम्बुले जनाएको छ।
333
Shares

प्रतिक्रिया