खेल


जर्मनको शीर्ष डिभिजन लिगका १० जनामा कोरोना पोजेटिभ

जर्मनको शीर्ष डिभिजन लिगका १० जनामा कोरोना पोजेटिभ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ६:२३,

जर्मनको शीर्ष डिभिजनको दुई लिगमा आबद्ध १० जनामा कोरोना पोजेटिभ देखिएको छ।

१७ सय २४ जनामा कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको जर्मन फुटबल क्लवले जनाएको छ।

शीर्ष दुई डिभिजनमा आवद्ध खेलाडी र स्टाफहरु गरी १० जनामा कोरोनाको संक्रमण देखिएको क्लवले जनाएको हो। क्लवले समुहमा नै टे«निङ गर्दै आएको थियो।

गत साता शीर्ष डिभिजनको क्लब कोलोनसँग आवद्ध ३ जनालाई कोरोना देखिएको थियो।

कोरोनाको लक्षण नदेखिएकाहरु पनि आगामी १४ दिन क्वारेन्टिनमा बस्ने क्लवले जनाएको छ।

 कोरोनाको कारण स्थगित लिग आगामी मे ९ बाट सुरु गर्न अधिकारीहरुले सुझाब दिए पनि सरकारले निर्णय गर्न ढिलो गरेपछि मे १६ वा २३ देखि सुरु हुने क्लवले बताएको छ। कोरोनाको संक्रमण फैलिएपछि मार्चको मध्यदेखि लिग स्थगित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad