ad ad

कारोबार


पोखराको राहत कोषमा कन्टेक प्रालिको १ लाख ७५ हजार

पोखराको राहत कोषमा कन्टेक प्रालिको १ लाख ७५ हजार

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ६:४०,

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ। राहत कोषमा पोखरा १४ मा रहेको कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ।

प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलीले महानगर प्रमुख मानबहाुदर जिसीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

यसैगरी गोखार्ज टिमले ५१ हजार १ सय ११ सहयोग गरेको छ। कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराईले पनि ५० हजार सहयोग गरेकी छन्।

यस्तै मलिजुली बचत तथा ऋण सहकारी संस्थाले पनि ५० हजार ५ सय ३१ रुपैयाँ, धर्मकाँया बुद्ध मण्डला पोखरा काहुँले पनि १५ हजार १५ रुपैयाँ महानगरको कोषमा सहयोग गरेको छ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ।

पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .