माया ग्रुपले ९ क्रिकेटरलाई सद्भावना दूत नियुक्त गरेको छ।
आइतबार एक कार्यक्रमबीच राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउँद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनलाई ‘ब्रान्ड एम्बेस्डर’मा नियुक्त गरेको हो।
सन् २०१८ मा स्थापना भएको माया ग्रुपले नेपाल र बेलायतमा काम गर्दै आएको छ। गत मे र जुन महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणको माया ग्रुपले नै व्यवस्थापन गरेको थियो।
माया ग्रुपले ‘माया’ नामबाट विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्टस सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौँडा रोयल्स र यस अन्तर्गत रहेका संघसंस्थाहरू हुन्।
उनीहरूसँग माया ग्रुपले २ वर्षका लागि सम्झौता गरेको छ। यो सम्झौताले क्रिकेट खेलाडीको प्रतिभालाई अझ परिस्कृत गराउन सहयोग गर्ने विश्वास लिएको माया ग्रुपका राज पाण्डे बताए।
यो सम्झौताले माया ग्रुपको नेपाली क्रिकेटलाई सहयोग र समर्थन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ। नेपालका विभिन्न एकेडेमीमा पनि यसले सहयोग गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया