काठमाडौँमा जारी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधिका लागि टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो।
प्रतियोगितामा पहिलो सेट आफ्ना पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने आर्मीलाई सुम्पियो।
पुलिस क्लबले आर्मीविरुद्ध २५–१२,२९–३१, २५–१४ र २५–१८ ले जित हासिल गरेको हो।
यस्तै आजै भएको पहिलो सेमिफाइलमा एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड उपाधिनजिक पुगेको हो।
उसले एपीएफविरुद्ध २५–१७, २५–२० र २५–७ को सहज जित निकालेको हो।
योसँगै फाइलनमा पुलिस क्लब र न्यु डायमन्डको भेट पक्का भएको हो।
च्याम्पियनसिपमा आजै पुरुषतर्फ सेमिफाइनल खेल हुँदै छन्।
महिलातर्फ सेमिफाइलनका तस्बिर :



Shares

प्रतिक्रिया