एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ।
काठमाडौँ बाहिर पहिलो पटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ। जसमा पोखरामा उद्योगीले साथ दिने क्रममा हिमश्री फुड्स पनि जोडिएको हो।
पुस २३ गते हुने स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्रवन्ध निर्देशक प्रकाश केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। मञ्चले स्पोर्टस अवार्डसँगै एनएसजेएफ स्पोट्र्स समिटको पनि आयोजना गर्दै छ। समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपले निरन्तरता दिएको छ भने पावर्ड बाईमा यती एयरलाइन्स थपिएको छ। स्पोर्टस् अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन्।
Shares

प्रतिक्रिया