हङकङको बाहिरी टापुमा ७० मिटर (२३० फिट) अग्लो भिरबाट लडेर चिनियाँ पदयात्रीको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार फोटो खिच्ने क्रममा सन्तुलन गुमाउन पुग्दा उनी समुद्रमा खसेका थिए।
उनी अन्य दुई जना साथीसहित पोपिन चाउको पदयात्रामा निस्केका थिए। उनीहरू मुख्यभूमि चीनको ग्वाङ्झाउबाट हङकङ भ्रमणमा आएका थिए। प्रहरीले मृत्यु हुने पर्यटक २१ वर्षीय पुरुष भएको बताएको छ।
भिरमा प्राकृतिक दृश्यसहितको तस्बिर कैद गर्ने क्रममा सन्तुलन गुमाएपछि उनी समुद्रमा खसेका थिए। सँगै गएका अन्य पदयात्रीले बिहान सवा १० बजे साथी खसेको रिपोर्ट गरेसँगै घटनास्थल पुगेका उद्धारकर्मीले उनलाई अग्नि सेवा विभागको साईकुङ फायरबोट बेसमा ल्याएका थिए। तर, उनलाई त्यहीँ मृत घोषित गरियो।
96
Shares

प्रतिक्रिया