खेल


टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने

टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने

नेपालखबर
पुस १६, २०८२ बुधबार ११:३४, काठमाडौँ

आगामी सन् २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज (बुधबार) विज्ञप्ति जारी गरी टी-२० विश्वकपको ट्रफी टुर कार्यक्रम आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा हुने जानकारी दिएको हो। 

यद्यपि यसको सम्पूर्ण विवरण, तालिका, स्थान र गतिविधिसम्बन्धी जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने  प्रवक्ता छुम्बी लामाले उल्लेख गरेका छन्। 

टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ।

जसमा नेपाल पनि सहभागी हुँदै छ। नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेको समूहमा छ।

फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका छ।

विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान बनाउने छन्।

सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

फाइनल खेल मार्च ८ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad