खेल


न्यू डायमन्ड सेमिफाइनलमा

न्यू डायमन्ड सेमिफाइनलमा

नेपालखबर
पुस १५, २०८२ मंगलबार १८:३२, काठमाडौँ

विभागीय टोली नेपाल पुलिस क्लवले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपीएफमाथि ३–२ को जित निकाल्यो। समूहमा बलियो मानिएको एपीएफलाई हराउँदै पुलिसले विजेता बन्ने सम्भावना बलियो बनाएको हो।

पुलिसले पहिलो दुई सेट २५–२१ र २५–२५ ले हराउँदै सोझो सेटमा जित निकाल्ने संकेत गरेको थियो। तर, तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। यो सेट एपीएफले २५–२२ ले आफ्नो बनाउँदै खेलमा पुनरागमन गर्ने प्रयास गर्यो।

चौथो सेट पनि एपिएफले २५–२१ ले जितेपछि खेल पाँचौं सेटतर्फ धकेलियो। यो सेट जितेपछि एपिएफले कम्तीमा एक अंक पनि सुरक्षित गर्‍यो। निर्णायक तथा पाँचौं सेटमा एपिएफले लय जारी राख्न सकेन।

एपीएफले १५–९ ले सेट आफ्नो बनाउँदै दुई अंक बटुल्यो। यो जितपछि पुलिस सेमिफाइनलमा पुग्यो। तीन खेलबाट एपीएफले सात अंक बटुल्यो। एक खेल कम खेलेको पुलिसको पाँच अंक भएको छ। अब पुलिसले समूहको अन्तिम खेल बुधबार मधेश प्रदेश स्पोर्टस काउन्सिलसँग खेल्नेछ।

चार टोली रहेको समूहमा अन्तिम खेल जित्दै पुलिस समूहविजेता बन्ने लक्ष्यमा छ। मधेशले दुई खेलबाट अंक जोड्न सकेको छैन। तीन खेल खेलेको सुदूरपश्चिम प्रदेश स्पोर्टस काउन्सिलले तीन अंक बटुल्दै प्रतियोगिताको यात्रा टुङ्गाएको छ। महिलातर्फ सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ बाट न्यू डायमन्ड युथ स्पोर्टस क्लव विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ। न्यू डायमन्डले समूहको अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो।

न्यू डायमन्डले एभरेस्ट क्लबलाई २५–२१, २५–१५ र २५–१४ ले सहजै पराजित गर्‍यो। न्यू डायमन्डको जितसँगै त्रिभुवन आर्मी क्लब यो समूहबाट उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। समान तीन खेलबाट न्यू डायमन्डण्डले ९ अंक र आर्मीले ६ अंक जोड्यो।

दुई खेलबाट एभरेस्ट र चुली युवा क्लब जितविहीन छन्। यी दुई टोली बुधबार भिड्ने तालिका छ। पुरुषतर्फ समूह ‘ए’ को एपीएफ र समूह ‘बी’ को खिल्जी युवा क्लब पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका छन्। 

तीन टोली रहेको समूहमा दुवै टोलीले पहिलो खेल गुमाएका थिए। तर, समूहको अन्तिम तथा निर्णायक खेलमा एपिएफले मणिमुकुन्द भलिबल क्लव र खिल्जीले ढोरपाटन क्लबलाई सोझो सेटमा हराउँदै नकआउट चरणको यात्रा तय गर्न सफल भएका हुन्।

एपीएफले मणि मुकुन्दलाई २५–१०, २५–१६ र २९–२७ ले हरायो। समूह ‘ए’ बाट हेल्प नेपाल स्पोर्टस क्लब विजेताको रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ। अर्घाखाँचीको खिल्जी युवा क्लबले दुई भारतीय खेलाडीसहित यो प्रतियोगिता खेल्ने आएको हो।  विदेशी खेलाडीको राम्रो साथ नपाउँदा खिल्जी समूहविजेता बन्न सकेन। 

समूह ‘बी’ अन्तिम खेलमा खिल्जी ढोरपाटनमाथि २५–१५, २५–१९ र २५–२३ ले हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो। समूह ‘सी’ बाट रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र समूह ‘डी’ बाट त्रिभुवन आर्मी क्लब विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad