राजनीति


राप्रपासँग पार्टी एकता गर्ने निर्णय राप्रपा नेपालबाट अनुमोदन

राप्रपासँग पार्टी एकता गर्ने निर्णय राप्रपा नेपालबाट अनुमोदन

नेपालखबर
पुस १५, २०८२ मंगलबार १८:३८, काठमाडौँ

पार्टी एकतालाई राप्रपा नेपालले अनुमोदन गरेको छ। अध्यक्ष कमल थापाले अन्तिम बैठकमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

राप्रपा नेपालले राप्रपासँगको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ। केन्द्रीय कार्य समितिको आज बसेको बैठकले बैठकले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।

दुई पार्टीबीच एकता भएको घोषणा भोलि पुस १६ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमबाट गरिने छ। 

बैठकमा भावुक रूपमा प्रस्तुत भएका अध्यक्ष कमल थापाले कठिन परिस्थितिमा साथ दिने सबैप्रति आभार र कृतज्ञता व्यक्त गरे। 

उनले सबैलाई सक्रिय रहँदै विचार र संगठनलाई अझ बलियो बनाउन लाग्न आग्रह गरे। कांग्रेस-कम्युनिस्टको विकल्पका रूपमा आएका नयाँ शक्तिहरूको सिद्धान्त स्पष्ट नभएको उल्लेख गर्दै थापाले आगामी निर्वाचनलाई आन्दोलनका रूपमा सदुपयोग गर्ने बताए।

बैठकमा पार्टी सञ्चालनमा महत्वपूर्ण योगदान दिएका महामन्त्री तथा कार्यक्रम समन्वय विभागका प्रमुख इन्द्र चित्रकारलाई सम्मान गरिएको थियो। साथै, पार्टी एकताबारे महामन्त्री तथा वार्ता समिति सदस्य राजाराम बर्तौलाले बैठकलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad