ad ad

खेल


एन्फा अध्यक्ष शेर्पाको आह्वानः सबैजना घरमै बसौं

एन्फा अध्यक्ष शेर्पाको आह्वानः सबैजना घरमै बसौं

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:२०,

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा दिवसको अवसरमा शुभकामना दिँदै कोरोना संक्रमणको यस कठिन अवस्थामा सबैजनालाई घरमै बस्न आग्रह गरेका छन्।

कोरोना भाइरसको महामारीको कारण बैशाख २२ गते मनाउने एन्फा दिवस यस पटक नमनाइएको एन्फाले जनाएको छ।

अध्यक्ष शेर्पाले सबै खेलाडी, क्लव, समर्थक, जिल्ला संघ र प्रायोजक सबैलाई शुभकामना दिएका हुन्।

यो समय नेपाल मात्र विश्व नै एउटै समस्याबाट एकै पटक जुधिरहेकाले सबैलाई सुरक्षित हुन समेत उनले आग्रह गरेका छन्।

उनले सरकारले घोषणा गरेको लकडाउनको सबैले पालना गर्दै घरमा नै बसिदिन समेत सबैलाई अनुरोध गरेका हुन्।

एन्फाले गतवर्षको २२ गतेदेखि एन्फा दिवस मनाउन सुरु गरेको थियो।

शेर्पा नेतृत्वको वर्तमान कार्यसमिति यही दिन निर्वाचित भएको थियो। सोही दिनलाई नै एन्फाले स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो।

एन्फा दिवसका दिन फुटबलमा योगदान दिने खेलाडी, प्रशिक्षक, संघ लगायतलाई सम्मान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .