ad ad

समाज


बाँकेका नयाँ संंक्रमितः विदेशबाट आएका कोही पनि थिएनन्, सबै स्थानीय

बाँकेका नयाँ संंक्रमितः विदेशबाट आएका कोही पनि थिएनन्, सबै स्थानीय

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:२२,

प्रहरीले बाँकेमा आइतबार देखिएका १५ जना कोरोना संक्रमितहरुको ट्राभल हिस्ट्री खोजिरहेको छ। उनीहरु मध्ये कोही पनि विदेशबाट आएको नपाइएको प्रहरीले जनाएको छ।

संक्रमित कोहीपनि व्यक्ति विदेशबाट आएको पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहले बताए।

‘संक्रमितको ट्राभल हिस्ट्री निकाल्न एउटा अनुसन्धान टोली नै खटाएका छौ,’ डिएसपी सिंहले भने, ‘अहिलेसम्म देखिएका संक्रमित सबै स्थानीय छन्। कोहीपनि बाहिरबाट आएका हैनन्।’

कस कसलाई भेटेको हो, कहाँ कहाँ गएको हो? भनेर एकजनाबाट सबै विवरण निकाल्दा एकघण्टा जति समय लाग्ने गरेको उनले अनुभव सुनाए।

सबैको विवरण संकलन भएपछि सम्बन्धित सरोकारबालालाई दिने र त्यसपछि सम्पर्कमा आएकाहरुको पनि स्वाव परीक्षणको प्रक्रियामा जाने सिंहले बताए।

नेपालगन्जमा आइतबार ७ देखि ६० वर्षका १५ जनामा कोरोना संक्रमण भेटिएको थियो। उनीहरुको हाल खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .