खेल


महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

नेपालखबर
पुस ८, २०८२ मंगलबार १२:२, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ।

घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा जनवरी २२ (माघ ८) मा नेदरल्यान्डसँग खेल्नेछ। २४ जनवरी (माघ १०)मा जिम्बावेसँग र  जनवरी २६ (माघ १२)मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ।

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपाल रहेको समूह ‘बी’मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाव्वे र नेदरल्यान्ड छन्। 

ग्लोबल छनोटअघि नेपालले अभ्यास खेल खेल्नेछ। अभ्यास खेलमा जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी मैदानमा खेल्नेछ। १६ तारिखमा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

इङल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १४ देखि १ फेब्रुअरीसम्म हुनेछ। छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad