खेल


कोसी प्राइड लिगको तेस्रो संस्करण फागुन दोस्रो साता

कोसी प्राइड लिगको तेस्रो संस्करण फागुन दोस्रो साता

नेपालखबर
पुस ६, २०८२ आइतबार १९:५९, काठमाडौँ

कोसी प्राइड लिग (केपीएल) टी–२० को तेस्रो संस्करण आगामी फागुन दोस्रो साता सुरु हुने भएको छ। 

कोसी प्राइड प्रा.लि.ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तेस्रो केपीएलमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बीएन कोसी अर्नास र गोर्खा एभेन्जर्स गरि सात टोली सहभागी हुँदैछन्। 

पत्रकार सम्मेलनमा सात टोलीका टिम मालिक पनि घोषणा गरिएको थियो। केपीएलको नमूना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, विर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव रहेका छन्। 

यस्तै पूर्वेली सुपर किंग्समा संयोजक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिग्देल टिम मालिक रहेका छन्। एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का, बिएन कोसी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमरदीप सापकोटा र रघुनाथ सापकोटा मालिक रहेका छन्। 

प्रतियोगिताका लागि एक टोलीमा १८ खेलाडी राख्नु पर्ने नियम रहेको छ। जसमा एक मार्की,  एक आइकोनिक, तीन जना ड्राफ (राष्ट्रिय टिमका), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का एक खेलाडी रहनेछन्। 

केपीएलका निर्देशक अफजल हुसैनले केपीएल आयोजनासँगै कोसी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा गरे। यो प्रतियोगितामार्फत राष्ट्रिय टिम तथा एनपीएलको लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको बताए।

आयोजक कोसी प्राइड प्रा.लीले चाँडै प्रतियोगिताको अक्सन मिति घोषणा गर्ने पनि बताएको छ। अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ। 

अक्सनमा क्याटगोरी ‘ए’ को मूल्य न्यूनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य पाँच हजारदेखि २५ हजार रुपैयाँ तोकिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत दिएको लिगमा कोसी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्ने आयोजकले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad