खेल


आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्‍यो सिटी

आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्‍यो सिटी

नेपालखबर
पुस ६, २०८२ आइतबार ७:४३, काठमाडौँ

भिक्टर ग्योकोरेसले पेनाल्टीमा गोल गरेपछि आर्सनल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। 

शनिबार राति हिल डिकिन्सनमा भएको खेलमा एभर्टनलाई १–० गोलअन्तरले पराजित गर्दै आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो। 

खेलको २७औँ मिनेटमा डेक्ललान राइसको कर्नरमा डिफेन्डर जेक ओ ब्रायनको ह्यान्ड भएपछि आर्सनलले पेनाल्टी मौका पाएको थियो। जुन अवसरलाई भिक्टरले खेर जान दिएनन् आर्सनललाई अग्रता दिलाए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनल विजयी भएको हो। 

त्यसअघि शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडविरुद्ध ३–० को सानदार जित हासिल गर्दै शीर्ष स्थानमा उक्लेको थियो। यसपछि आर्सनललाई शीर्ष स्थानमा फर्कन दबाब परेको थियो। 

तर आर्सनलको जितसँगै सिटी दोस्रो स्थानमा झरेको हो। सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गरे। टिज्जानी रेइन्डर्सले एक गोल थपे। 

१७ खेलमा १२ जित, ३ बराबरी र २ खेलमा हार गरेको आर्सनल ३९ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट १२ जित, १ बराबरी र ४ खेलमा हार गर्दै सिटी ३७ अंकका साथ दोस्रो स्थानमा छ। 

गएराति नै भएको खेलमा चेल्सीले न्यु क्यासलसँग २–२ को रोमाञ्चक बराबरी गर्दै अंक बाँडेको छ। खेलको २० मिनेटमै २–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अंक बाँडेको हो। 

गएराति नै भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ ले हराएको छ। ब्रेनफोर्डले वुल्भ्सलाई २–० ले पाखा लगायो। 

वर्नली र एएफसी वर्नमाउथले १–१ को बराबरी गर्दा ब्राइटन र सन्डरल्यान्डले भने गोलरहित बराबरी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad