साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा भारतको इस्ट बंगालविरुद्व एपीएफको सुरुवाति ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक जिवेश पाण्डेले अनिता बस्नेतको कप्तानीमा सुरुवाति ११ छनोट गरेका हुन्। इस्ट बंगालसँगको फाइनल खेलमा २ खेलाडी परिवर्तन गरिएका छन्।
सरु लिम्बू र रेनुका नगरकोटे आजको खेलमा पहिलो रोजाइमा परेका छन्। हिमा रावत र प्रतिक्षा चौधरी बेन्चमा छन्।
एपीएफको टोली : अञ्जना रामा मगर, अनिता बस्नेत, मनमाया दमाई, हिरा भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, गीता राना, सरस्वती हमाल, रश्मी घिसिङ, निशा थोकर र मिना देउवा।
78
Shares

प्रतिक्रिया