साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा घरेलु टोली एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालले पहिलो हाफमा बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको छ। खेलको ४२औँ मिनेटमा रश्मी कुमारी घिसिङले डिबक्स नजिकबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका बनाए पनि गोल गर्न भने सकेनन्। एक खेलअघि नै फाइनल पुगिसकेका एपीएफ र इस्ट बंगालका लागि आजको खेल फाइनलअघिको वार्मअप सरह हो।
120
Shares

प्रतिक्रिया