संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा जारी आईपीएल अक्सनमा अस्ट्रेलियाली क्रिकेटर क्यामरुन ग्रिन सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन्।
ग्रिनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख रुपैयाँमा किनेको हो।
दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलर आईपीएल २०२६ लिलामीमा बिक्री भएका पहिलो विदेशी खेलाडी बने। उनलाई दिल्ली क्यापिटल्सले २० करोडमा खरिद गरेको हो।
लिलामी अस्ट्रेलियाली क्रिकेटर जेक फ्रेजर-म्याकगर्कबाट सुरु भएको थियो, तर उनी बिक्री भएनन्।
भारतीय क्रिकेटर पृथ्वी सा पनि बिक्री भएनन् भने न्युजिल्यान्डका क्रिकेटर डेभन कोनवे पनि बिकेनन्।
यसैगरी भारतीय ब्याट्सम्यान सरफराज खान पनि बिक्री नभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
276
Shares

प्रतिक्रिया