राजनीति


मधेसी युवा अमर र रौनित एमाले केन्द्रीय सदस्यमा निर्विरोध

मधेसी युवा अमर र रौनित एमाले केन्द्रीय सदस्यमा निर्विरोध

एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका मधेशी युवाद्वय अमरकुमार यादव र रौनित साह।


नेपालखबर
पुस १, २०८२ मंगलबार १८:४१, काठमाडौँ

मधेसी समुदायबाट नेकपा (एमाले)को केन्द्रीय सदस्यमा दुई जना युवा निर्विरोध निर्वाचित भएका छन्। 

एमालेको एघारौँ महाधिवेशनबाट युवा नेताद्वय अमरकुमार यादव र रौनित साह केन्द्रीय सदस्यमा निर्विरोधि निर्वाचित भएका हुन्। मधेसी समुदायतर्फ तोकिएको दुई केन्द्रीय सदस्यमा अरुको उम्मेदवारी नपरेपछि यादव र साह निर्विरोध निर्वाचित भएको एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले जानकारी दिए। 

जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटीमा युवालाई कोटा छुट्याएको हो। प्रदेश र खुला गरी केन्द्रीय कमिटीमा ४० वर्षमूनिका १५ युवा आउने व्यवस्था गरिएको छ। अन्य पदमा भने निर्वाचन हुनेछ। 

निर्वाचन आयोगले आज राति ८ बजेबाट मतदान गर्ने जनाएको छ। मंगलबार बिहान मात्रै मतगणना हुने आयोगको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad