खेल


कराँचीलाई हराउँदै एपीएफ फाइनल नजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनल नजिक

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १६:१०, काठमाडौँ

रश्मिकुमारी घिसिङको निर्णायक गोलमा घरेलु मैदानमा जारी साफ क्लब च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै नेपालको एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको राउन्ड रोबिनको आफ्नो तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई  १-० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल नजिक पुगेको हो। एपीएफका लागि खेलको ५१औँ मिनेटमा रश्मीले हेडर गोल गरिन्। उनले रेनुका नगरकोटेको क्रसमा हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। 

त्यसपछि खेलको ५७औँ मिनेटमा मिना देउवाको प्रहार पहिलो बार नजिकबाट बाहिरिँदा अग्रता दोब्बर पार्ने मौका एपीएफले गुमायो। ६६औँ मिनेटमा रश्मीकै प्रहार पहिलो बारको नजिकबाट बाहिरिएको थियो। 

खेलको ७०औँ मिनेटमा निशा थोकरको लामो प्रहार गोलकिपरले उत्कृष्ट बचाउ गरिन्। त्यसअघि १७औँ मिनेटमा कराँचीकी लउरेन्स ब्यारीको प्रहार क्रसबारमाथिबाट बाहिरियो। 

च्याम्पियनसिपमा दुई जित र एक खेलमा बराबरी गरेको एपीएफ ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। एपीएफले अन्तिम खेलमा बुधबार भारतको इस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ। 

आजै हुने दोस्रो खेलमा इस्ट बंगाल र नासिर स्पोर्टस् एकेडेमी भिड्नेछन्। यो खेलमा नासिर पराजित भए एपीएफ एक खेल अगावै फाइनलमा पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad