घरेलु मैदानमा जारी साफ क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी एफसीविरुद्ध खेल्ने नेपालको एपीएफ फुटबल क्लबको पहिलो रोजाइ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक जिवेश पाण्डेले अनिता बस्नेतको कप्तानीमा कराँचीविरुद्ध खेल्ने एपीएफको सुरुवाति ११ घोषणा गरेका हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो २ बजे सुरु हुनेछ।
आजको खेलमा हार वा बराबरीले एपीएफले फाइनल पुग्नका लागि इस्ट बंगालसँगको खेल र बाँकी खेलको नतिजा कुर्नुपर्ने हुन्छ। यस्तोमा एपीएफसामु जितको विकल्प छैन।
एपीएफको सुरुवाति ११ : अञ्जना रानामगर, अनिता बस्नेत, मनमाया दमाई, प्रतिक्षा चौधरी, हिरा भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, अनिता केसी, रश्मीकुमारी घिसिङ, निसा थोकर र मिना देउवा।
153
Shares

प्रतिक्रिया