समाज


एकैदिन ७ जिल्लामा आगलागी, ५४ लाखको क्षति

एकैदिन ७ जिल्लामा आगलागी, ५४ लाखको क्षति

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०८२ आइतबार १३:५१, काठमाडौँ

विभिन्न जिल्लामा भएका आगलागीको घटनामा लाखौँको क्षति भएको छ। 

पाँचथरको फाल्गुन्नद गाउँपालिका-३ चिम्फुला बस्ने राममती राईको घरमा शनिबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। 

त्यसैगरि झापाको भद्रपुर नगरपालिका- ९ केदारेश्वर बस्ने दिवाकर मैनालीले संचालन गरेको प्रकाश बहुउदेश्य कुखुरा फर्ममा शनिबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ। 

त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ काउरे बस्ने कुलबहादुर विकको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। 

मोरङको पथरीशनिश्चरे नगरपालिका-३ त्रिवेणी चोक बस्ने राज कुमार लिम्बुको घरमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

त्यसैगरि सर्लाहीको गोडैता नगरपालिकाश-१२ मधुवनीटोल बस्ने ५० वर्षीय शिवजी पासवानको गोठमा शनिबार बेलुकी आगलागी हुँदा करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ रमाईलो डाँडा बस्ने ७४ वर्षीय भालु सार्कीको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad