खेल


रोचक पहिलो ओभर : सुदूरपश्चिमविरुद्ध लुम्बिनीको रवाफिलो ब्याटिङ

रोचक पहिलो ओभर : सुदूरपश्चिमविरुद्ध लुम्बिनीको रवाफिलो ब्याटिङ

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १७:३०, काठमाडौँ

८६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध एकै ओभरमा २७ रन प्रहार गरेको छ। 

सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी पहिलो ओभरको बलिङ लिएर आएका थिए। 

उनले सुरुमै वाइड फ्याँके। त्यसपछिको पहिलो बलमा लुम्बिनीका दिनेश अधिकारीले पहिलो छक्का प्रहार गरे। दोस्रो बल डट खेलेका उनले लगातार तेस्रो, चौथो र पाँचौँ बलमा छक्का हाने।

अन्तिम बलमा दुई रन जोडेपछि लुम्बिनीले नेपाल प्रिमियर लिगमा सबैभन्दा उत्कृष्ट सुरुवात गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad