नेपाली युवा क्रिकेट टोलीले यू-१९ एसिया कप एक दिवसीय क्रिकेटमा श्रीलंकालाई जितका लागि ८३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
यूएईको सेभेन्स स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोली २८.५ ओभरमा ८२ रनमा अलआउट भयो।
नेपालका लागि सिवरिन श्रेष्ठले बनाएको १८ रन नै सर्वाधिक रह्यो। उनले ४३ बलमा एक चौका प्रहार गरे।
ओपनरद्वय साहिल पटेल १२ र निरज कुमार यादव १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
श्रीलंकाका लागि सेटमिका सेनेचिरत्नेले ५ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दै जम्मा २५ रन दिए।
रासिथ निमसरा, भिग्नेश्वरम आकाश, दुलनिथ सिगेरा र चामिका हिनातिगालाले समान एक विकेट लिए।
33
Shares

प्रतिक्रिया