खेल


एनपीएल ट्रफीसहित दुवै कप्तान त्रिवि मैदानमा (तस्बिरहरू)

एनपीएल ट्रफीसहित दुवै कप्तान त्रिवि मैदानमा (तस्बिरहरू)

तस्बिर : नेपाल प्रिमियर लिग


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १८:५१, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेका दुवै टोलीका कप्तानले शुक्रबार ट्रफीसहित त्रिवि क्रिकेट मैदानमा तस्बिर खिचाएका छन्। 

एनपीएलको फाइनलको अघिल्लो दिन साँझ सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका हुन्। दुवै कप्तानले ट्रफीसँगै त्रिवि मैदानमा फोटो सेसन गराएका छन्। 

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम र दोस्रो क्वालिफायरबाट लुम्बिनी फाइनलमा पुगेका हुन्। दुवै टोलीले क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेका थिए। फाइनल खेल शनिबार अपराह्न साढे ३ बजे सुरु हुनेछ। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad