राजनीति


सहायक रथीमा क्षत्रीको विशेष बढुवा

चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न
सहायक रथीमा क्षत्रीको विशेष बढुवा

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १८:५९, काठमाडौँ

नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोही समारोहमा प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक/एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका जंगी अड्डाले जनाएको छ। 

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad