सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। काठमाडौँले आजको खेलमा पहिलेकै खेलको टोलीलाई निरन्तरता दिएको छ।
लुम्बिनीले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। सुमित महर्जनको स्थानमा दिनेश अधिकारी प्लेइङ ११ मा आएका छन्।
काठमान्डौँ गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन र सन्नी पटेल।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।
Shares

प्रतिक्रिया