नेकपा एमालेको अध्यक्षका प्रत्यासी रहेका ईश्वर पोखरेलले आगामी ११ औँ महाधिवेशनमा उम्मेदवारी दिने कुरा अचानक नभइ योजनाबद्ध रुपमा गरेको बताएका छन्।
बुधबार पोखरेल समूहले काठमाडौँमा पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘यहाँ प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन। उम्मेदवारी दिने भन्ने कुरा पनि कुनै झ्वाँक, झ्वाँकमा गरेको विषय होइन।’
आफू अध्यक्षमा उठ्ने कुरा पार्टीको बैठकमा औपचारिकरुपमा गराएका समेत उनले बताए। ‘मैले पार्टीको बैठकमा औपचारिकरुपले जानकारी पनि गराइसकेको हो,’ पोखरेलले भने, ‘त्यो जानकारी गराइसकेपछि सार्वजनिकरुपमा जानकारी पनि गराइएको हो।’
123
Shares

प्रतिक्रिया