खेल


आईपीएलका लागि अक्सन सूची सार्वजनिक

आईपीएलका लागि अक्सन सूची सार्वजनिक

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ११:५०, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलाडी अक्सन सूची मंगलबार सार्वजनिक गरिएको छ।

यसमा कुल ३५० खेलाडीको नाम छ। 

यी खेलाडीहरूका लागि बोली यही डिसेम्बर १६ मा यूएईको अबुधाबीमा लगाइने छ। 

अक्सन भारतीय समयअनुसार डिसेम्बर १६ दिउँसो २:३० बजे सुरु हुनेछ। 

आईपीएलको आधिकारिक वेबसाइटका अनुसार, अक्सनका लागि कुल १ हजार ३९० खेलाडीले नाम दर्ता गराएका थिए, जसमध्ये ३५० खेलाडी छनोट भएका छन्। जसमा २४० भारतीय र ११० विदेशी खेलाडी छन्। 

सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी छन्।

डिसेम्बर १६ मा हुने अक्सनमा फ्रेन्चाइजीहरूले कुल ७७ उपलब्ध स्लटका लागि प्रतिस्पर्धा गर्नेछन्।

यी स्लटमध्ये ३१ स्लट विदेशी खेलाडीहरूका लागि छुट्याइएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad