समाज


जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका आईजीपी अर्यालको बयान

जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका आईजीपी अर्यालको बयान

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १२:३५, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान सुरु भएको छ।

आयोगले बयानका लागि मंगलबार आउन पत्राचार गरेको थियो। आईजीपी अर्याल आयोगको कार्यालय सिंहदरबार पुगेका हुन्। 

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीसँग बयान भएको थियो। सशस्त्र प्रहरीका महानिरक्षिक अर्यालसँग बयान लिइसकेपछि भोलि वा पर्सि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने आयोगको तयारी छ। भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन ठूलो मानवीय क्षति भएपछि २४ गते बिहानै कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको थियो। 

यसअघि आयोगले दुवै प्रहरीका फिल्ड कमाण्डरहरुको बयान लिइसकेको छ। आईजीपी कार्कीको बयानपछि गृहसचिवलाई बोलाउने आयोगको तयारी छ। त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिममा बोलाउने आयोगका प्रवक्ता समेत रहेका विज्ञानराज शर्माले नेपालखबरलाई बताए। 

ओलीले भने सार्वजनिक रुपमै आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। आयोगले ओली र लेखकसहितलाई विदेश जान तथा काठमाडौँ उपत्यका छाड्न पनि आयोगले प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad