खेल


एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ७:३, काठमाडौँ

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिड्दैछन्। सुदूरपश्चिमले अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोगेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको टिम हो।

आज जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित हुने टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad