खेल


कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १७:१, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु एक सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुरले पहिले ब्याटिङ गरेको कर्णालीले नौ विकेटको क्षतिमा एक सय २९ रनको योगफल तयार पारेको हो। कर्णालीका लागि ओपनर इमरान शेखले बनाएको ३३ रन नै सवौधिक रह्यो। उनले ३२ बलमा एक चौका र एक छक्का प्रहार गरे। 

त्यस्तै, गुल्सन झाले १९, प्रियांक पञ्चलले १६ र विलियम बसिस्टोले १५ रन थपे। नजिबुल्लाह जड्रान १३ रनमा बोल्ड आउट भए। कप्तान सोमपाल कामी १८ रनमा अविजित रहे। 

जनकपुरका लागि ललित राजवंशी र आदित्य महतले समान दुई विकेट लिए। संगीत कोरे, अनिल साह र माज सदाकतले समान एक विकेट आफ्नो नाममा गरे।

केहीबेरमा जनकपुरले ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad