खेल


एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १५:५२, काठमाडौँ

एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी प्रायोजन गर्ने भएको छ।

आज आयोजिक एक कार्यक्रममा एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजना सम्झौता सम्पन्न भइ साबिकको बड्डाउ ‘जिली बड्डाउ’को नाममा रिब्राण्डिङ्ग भएको हो।

एलआरआर मोटसर्् चिनमा निर्मित विश्वचर्चित जिली इएक्स फाइभ म्याक्स र प्रो सिरिज विद्युतीय गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता कम्पनी हो। सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन सम्झौता सँगै ‘जिली बड्डाउ’ले अब जिली इएक्स फाइभको ब्राण्ड प्रमोसनमा संलग्न हुनेछन्। 

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) जीवन जङ्ग शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले प्रतियोगिताका लागि एलआरआर मोटर्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे।

‘मस्कट’ बड्डाउ प्रतियोगितामा फरक रौनक थप्ने एक माध्यम हो। अब यो रौनक सँगै एलआरआर मोटर्स पनि जोडिएको छ’, खड्काले भने।

यता एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सफल टोली सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे।

‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छौं। यो सम्झौताले सुदूरपश्चिमको विजय यात्रामा हाम्रो सकारात्मक योगदान हुनेछ,’ शाहीले बताए।

साविक विजेता सुदूरपश्चिम रोयल्स यो सिजन पनि पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad