राजनीति


कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनित

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनित

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिमा दुई जना सदस्य मनोनित गरिएको छ। 

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनित गरेका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समिति अधिकारी र कटुवाललाई मनोनित गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

कांग्रेसको १५औं महाधिवेशन आउँदो पुस २६–२८ गतेसम्म गर्ने तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad