खेल


साफ क्लब महिला च्याम्पियनसिपमा एपीएफको विजयी सुरुवात

साफ क्लब महिला च्याम्पियनसिपमा एपीएफको विजयी सुरुवात

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार २१:४०, काठमाडौँ

घरेलु टोली एपीएफले साफ क्लब महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएका पहिलो खेलमा बंगलादेशको नासिर स्पोर्टस् एकेडेमीलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो।

खेलको पहिलो हाफमा १-० गोलले अग्रता बनाएको एपीएफले दोस्रो हाफमा तीन गोल थप्यो। एपीएफको जितमा रश्मीकुमारी घिसिङ र मिना देउवाले समान दुई गोल गरे। 

रश्मिले खेलको ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन्। उनले मिना देउवाको पासमा पहिलो बार च्याप्दै गोल गरेकी थिईन्। 

खेलको ७०औँ मिनेटमा मिना देउवाको गोलमा एपीएफले अग्रता दोब्बर पारेको थियो। ८०औँ मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल भएको थियो। इन्जुरी समयको दोस्रो मिनेटमा मिना देउवाको गोलमा एपीएफले नासिर स्पोर्टस् एकेडेमीलाई ४-० गोल अन्तरले हराएको हो। 

आजै भएको पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युइनाटेड महिला एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

अब अर्को खेलमा सोमबार भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र भारतको वेस्ट बंगाल एफसी तथा पाकिस्तानको कराँची सिटी एफसी र बंगलादेशको नासिर स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad