राजनीति


अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार २१:५५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताएका छन्। 

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिए। 

भूराजनीतिक दृष्टिकोणमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, मानव अधिकार तथा सुरक्षा विषय पनि समावेश हुने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले छिमेकी मुलुक ठूला र बलिया भएकाले नेपालले असंलग्नताको नीति अवलम्बन गर्दै यसमा संवेदनशील हुनुपर्नेमा जोड दिए।

देशमा औद्योगिक अवस्था, सामाजिक रुपान्तरण, आर्थिक प्रगति खासै उत्साहजनक नरहेको उनको भनाइ थियो। उनले राजनीतिक अस्थिरता, दलका नेतृत्वबीच अन्तरिक द्वन्द्व, भ्रष्टाचार तथा कुशासन, गरिबी, बढ्दो जनसङ्ख्या, बेरोजगार, सुरक्षाका कमजोर अवस्थाले भूराजनीतिक चुनौती थपिएको बताए। 

नेता नेपालले मुलुकमा अहिले उत्पन्न भएको राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad