म्याग्दीमा कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रघुगंगा गाँउपालिका–४ बस्ने वर्ष ४३ को खमबहादुर थजाली रहेका जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ।
प्रहरीका अनुसार वि.स. २०६० कात्तिक ६ गते राति घरमा सुतिरहेका अवस्थामा साविक दग्नाम गाविस–२ बस्ने धनराम तिलिजालाई खम बहादुर थजाली समेतका व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
सो सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा म्याग्दी जिल्ला अदालतको २०६३्र चैत २९ गतेको फैसलाले १९ वर्ष ७ महिना कैद सजाय सुनाएको थियो।
फरार रहेका प्रतिवादी थजालीलाई यही मंसिर १७ गते बेनी नगरपालिका–८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो।
उनलाई म्याग्दी जिल्ला अदालत मार्फत लगत कट्टाको लागि कारागार कार्यालय म्याग्दीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
Shares

प्रतिक्रिया