खेल


जनकपुरविरुद्ध जितका लागि लुम्बिनीले पायो १३३ रनको लक्ष्य

जनकपुरविरुद्ध जितका लागि लुम्बिनीले पायो १३३ रनको लक्ष्य

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १७:३८, काठमाडौँ

जनकपुर बोल्ट्सले लुम्बिनी लायन्ससामु १३३ रनको चुनौती पेस गरेको छ।

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले लुम्बिनीसामु जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पार्‍यो।

जनकपुरका लागि संगीत कोरेले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ३८ बलमा २ चौका प्रहार गरे।

मयन यादव २७ रनमा नटआउट रहे। आशिफ शेखले २० र सञ्जय कृष्णमुर्तिले १४ रन थपे। शुभ कंसाकार ११ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट हुन पुगे।

अनिल साह ७ रन बनाउँदा रुवेन टम्पलम्यानको बलमा एलबीडब्लु धरापमा परे।

लुम्बिनीका लागि शेर मल्ल र रोहित पौडेलले समान २ विकेट लिए। जेजे स्मिथ र रुवेनले समान एक विकेट आफ्नो नाममा गरे।

लुम्बिनीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। जनकपुरको हारले प्लेअफ सम्भावना सकिनेछ। लुम्बिनी जनकपुरलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ।

तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad