लुम्बिनी लायन्सका ब्याटर डि आर्सी सर्टले नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार साँझ विराटनगर किंग्सविरुद्ध सर्टले ३९ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले पाँच चौका र दुई छक्का प्रहार गरे। यो उनको एनपीएलमा पहिलो अर्धशतक हो।
सर्टको अर्धशतकसँग लुम्बिनी लायन्स बलियो स्थितिमा पुगेको छ।
114
Shares

प्रतिक्रिया